Sat2024 July 27
२०८१ साउन १२, शनिबार

विश्वकै सबैभन्दा ठूलो शालिग्राम रहेको धार्मिक स्थल व्यवस्थित हुन सकेन

18

मंसिर ८, रुपन्देही । गुल्मी पर्वत स्याङ्जा, कालीगण्डकीको तृकोणात्मक संगम स्थल सेतीवेणीमा विश्वकै सबैभन्दा ठूलो शालिग्रामअवस्थित छ। यसलाई धार्मिक, पर्यटकीय र व्यापारिक दृष्टिकोणल पनि चिनिन्छ। यस पवित्र शालिग्रामको दर्शनार्थ वर्षेनि लाखौँ स्वदेशी, विदेशी भक्तजन तथा पर्यटकहरु त्यहाँ पुग्ने गर्छन्।

शिला शालिग्रामले साबिकका तीन अञ्चल धौलागिरी, गण्डकी र लुम्बिनी तथा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानाको रूपमा पनि काम गरेको छ । हाल दुई प्रदेशका तीन जिल्लाको सीमाक्षेत्रमा शिला शालिग्राम रहेको छ । प्रदेश लुम्बिनीकोे गुल्मी तथा गण्डकीकोे पर्वत र स्याङ्जाले पनि जिल्लाको पर्यटकीय क्षेत्रको रूपमा शिला शालिग्रामलाई उदाहरणको रूपमा लिने गर्दछन्। यहाँ भारतदेखि भक्तजनहरु अत्यधिक संख्यामा आउने गर्दछन् । भारतका सांसदहरुलाई कालीगण्डकीको दोहन भइरहँदा शालिग्रामहरु संकटमा पर्ने चिन्ता लिन्छन् परन्तु नेपालका सांसदहरुले रत्तिभर ध्यान दिएका छैनन् ।

विश्वको सबैभन्दा ठूलो शालिग्राम शिलामा गई पूजा गरेमा मनले आँटेका सबै इच्छा पूरा हुने धार्मिक विश्वास छ । त्सयका कारण कात्तिकको एकादशी, मकर सङक्रान्ति, नववर्ष, असारे ठूला एकादशीमा भक्तजनको अत्याधिक चाप हुने गर्दछ। शालिग्रामको अवलोकनका लागि नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आउने गर्दछन्।

यो ढुंगोलाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारको रूपमा पुज्ने गर्दछन् । स्वस्थानी कथामा जालन्धरकी श्रीमती वृन्दाको पतिव्रता छद्म भेषमा भगवान् विष्णुले नष्ट गरेपछि वृन्दाले उनलाई चार श्राप दिएकी थिइन् । ती चार श्रापमध्येको एक पत्थर बन्नुपरोस् भन्ने श्रापका कारण भगवान् विष्णुले शिला शालिग्रामको रूप लिएको किंवदन्ती सुन्न पाइन्छ । यो शिला शालिग्रामको एक धार्मिक पहिचान मात्र हो । मानवीय संवेदनाका कुनै पनि क्षणमा मानिसहरूले सम्झने आस्थाको केन्द्रको रूपमा पनि शिला शालिग्रामलाई लिने गरिन्छ । मुक्तिनाथ र गलेश्वरपछि कालीगण्डकीले छुने अर्को प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पनि शालिग्राम नै हो ।

यसको धार्मिक महिमा र महत्व अत्यन्तै विशेष खालको छ। त्यहाँका पुजारीले दिनुभएको जानकारी अनुसार रातिको समयमा शालिग्रामको नजिक बसेर शुद्ध चित्तले ध्यानमग्न हुन सक्ने हो भने गाइहरु कराएको, शंंखखहरु बजेको अद्भूत ध्वनि सुनिने गर्छ। पुजारीले दिएको जानकारी अनुसार कुनै विदेशीबाट यस शिलालाई लैजान दिएमा यहाँसम्म पूरै पिच बाटो ल्यादिने र करोडौ रकमसमेत दिने कुराको प्रस्ताव आएको थियो तर यहाँको समितिले त्यस प्रस्तावलाई स्वीकार गरेन।

यस अपरम्पार महिमा र शक्ति भएको शालिग्रामलाई सरकारले कुनै वास्ता नगरेको पुजारी भन्नुहुन्छ। यस शालिग्राम मन्दिरको परिक्रमा गर्न भक्तजनहरुलाई सहज होस् भन्नको लागि आवश्यक संरचना बनाइदिन सरकारसामु अपिल गरियो, यस क्षेत्रलाई धार्मिक एवम् पर्यटन स्थलको रुपमा संरक्षण तथा प्रवर्धन गर्न आग्रह पनि गरियो। तर सरोकारवाला निकाय सबै प्रायः मौन नै रह्यो । यहाँ बेलाबेलामा नेता, अभिनेता र मिडियाकर्मीहरु आउँछन् तर पनि आजसम्म यस ठाउँको थप व्यवस्थित संरक्षण एवं प्रवर्धनको पहल कतैबाट नभएको पुजारी भन्नुहुन्छ । यसै सन्दर्भमा लोक सारथीले लिएको अन्तर्वार्ताको सानो विडियो क्लीप यहाँ प्रस्तुत गरिएको छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर