Sat2024 July 27
२०८१ साउन १२, शनिबार

विश्व शौचालय दिवस मनाइँदै छ

16

आज विश्व शौचालय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्र संघको आह्वानमा सरसफाइ र स्वच्छ र सुरक्षित शौचालयमा पहुँचको बारेमा चेतना अभिवृद्धि गर्न सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रूपमा मनाइँदै आएको छ ।

स्वच्छ खानेपानी तथा सरसफाइको दिगो विकास लक्ष्य नम्बर ६ सँग जोडेर ‘परिवर्तनको गतिलाई तीव्रता दिँदै’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वका साढे तीन अर्ब मानिस अझै पनि सुरक्षित शौचालय सुविधाबाट वञ्चित छन् । त्यसमध्ये ४१९ मिलियन मानिस अझै पनि खुलामा दिसा गर्छन् । त्यसैगरी खुला दिसा र पिसाबबाट सर्ने रोगका कारण दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ ।

नेपालले सेप्टेम्बर ३०, २०१९ मा आफूलाई खुला दिसामुक्त घोषणा गर्ने दक्षिण एसियाकै पहिलो देश बनेको छ। तर, पूर्ण सरसफाइको लक्ष्य हासिल गर्न अझै धेरै काम गर्न बाँकी छ ।

संयुक्त राष्ट्रसंघको खानेपानी तथा सरसफाइ एजेन्सीका अनुसार नेपालको ५१ प्रतिशत जनसंख्याले मात्र सुरक्षित सरसफाइ सेवामा पहुँच पु¥याएको छ । यसबाहेक, नेपालको ६४ प्रतिशत जनसंख्यामा मात्र साबुन पानीले हात धुने सुविधा छ।

त्यस्तै, घरबाट निस्कने फोहोर पानीको प्रशोधन र उचित व्यवस्थापन ३९ प्रतिशत मात्रै भएको छ ।

स्मार्ट वास सोलुसन नेपालका अध्यक्ष रामदीप शाहले स्वच्छ खानेपानी र सरसफाइको लक्ष्य हासिल गर्नका लागि चलिरहेका सबै पहललाई पाँच गुणा छिटो अघि बढाउनुपर्ने बताए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर