Sat2024 July 27
२०८१ साउन १२, शनिबार

विश्व स्वास्थ्य संगठन र नेपाल औषधि विभागद्वारा १०३ प्रकारका औषधिहरु प्रतिबन्धित

16

काठमाडौं,असोज ४ । World Health Organization को निर्देसन र नेपाल औषधि ब्यबस्था बिभाग ले १ सय ३ प्रकारका एन्टीबायोटिक औषधि प्रयोग गर्न नपाउने भएका छन । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै औषधि व्यवस्था विभागले १ सय ३ प्रकारका एन्टीबायोटिक औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले प्रयोग नगर्न भन्दै सिफासिर गरेका औषधिको प्रयोग अब नेपालमा पनि नगर्न विभागले निर्देशन दिएको हो ।
विभागले अब एन्टीबायोटिक प्रतिरोधका कारण बढ्दै गएको संक्रमण हुने दर, मृत्यु दर र आर्थिक असरलाई पनि प्रभावकारी रुपले कम गर्न राष्ट्रिय कार्ययोजना नै तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको बताएको छ ।

विभागले प्रतिवन्ध लगाएका १ सय ३ औषधिहरुमा एमोक्ससीलिन, एम्पीसिलीन, एजिथ्रोमाईसीन, सेफालेक्सिन, मेट्रोनीडाजोललगायतका १०३ प्रकारका औषधिहरु छन् । मेडिकल काउन्सिल र नेपाल स्वास्थ बिभागले यस बारेमा कडा नियम पालन गर्न गराउन निर्देशन दिएको छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर