Sat2024 July 27
२०८१ साउन १२, शनिबार

देशभर भारी वर्षा हुने, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको सुझाव

18

रुपन्देही । मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज २०८० श्रावण २७ गते (शनिबार) दिउँसो देशैभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकतम स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । त्यसैगरी शनिवारको राति पनि देशभर बदली रहने छ ।

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा सहित चट्याङ्ग पर्ने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले पहिरो तथा बाढीको जोखिमयुक्त स्थानहरुमा बसोबास गरेका गाउँबस्तीलाई सतर्क रहन र सुरक्षाका उपाय अवलम्बन गर्न सुझाव दिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर