Sat2024 July 27
२०८१ साउन १२, शनिबार

शाइन रेसुङ्गा बैंक बुटवलका कर्मचारी झुण्डिएको अवस्थामा भेटिए

15

बुटवल । शाइन रेसुङ्गा बैंक बुटवलका कर्मचारी झुण्डिएको अवस्थामा भेटिएका छन् । बुटवल फुलबारीमा झुण्डीएको अवस्थामा बुटवलको एक बैङ्कका कर्मचारी फेला परेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाका बुटवलको फुलवारी स्थित मणिमुकुन्द सेन उद्यानको रुखमा झुण्डीएको शाइन रेसुङ्गा बैंकमा कार्यरत प्रकाश शर्मा झण्डिएको अवस्थामा फेला परेको बताए ।

आज बिहान फुलवारीको एक रेष्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केहीबेर पछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी घटना स्थल पुगेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख थापाले बताए । शर्मा बुटवलको ट्राफिकचोकमा बैंकको कर्जा शाखामा कार्यरत रहेका थिए ।

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर