Sat2024 July 27
२०८१ साउन १२, शनिबार

शान्तिपूर्ण जुलुस रोक्न जारी निषेधाज्ञाले पञ्चायती कालीन व्यवस्था दोहोरियो–इन्सेक

14

मंसिर ६, रुपन्देही । मङ्सिर ७ गते काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्ण रूपमा सम्पन्न गर्न इन्सेकले आह्वान गरेको छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मङ्सिर ६ गते विज्ञप्ति जारी गर्दै मङ्सिर ७ गते गर्ने भनिएका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सरोकारवालालाई आह्वान गर्नुभएको छ ।

”विगत लामो समयदेखि इन्सेकले गर्दै आएको मानव अधिकार अनुगमन कार्यलाई भोलि हुने प्रदर्शनका सन्दर्भमा पनि हामी निरन्तरता दिँदैछौँ । इन्सेकले प्रदर्शनको निष्पक्ष अनुगमन तथा अभिलेख गरी साथै मङ्सिर ७ गते साँझ नै प्रारम्भिक प्रतिवेदन प्रकाशन गर्नेछ । स्थानीय प्रशासन ऐन २०२८ मा रहेको व्यवस्था अनुसार काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयले केही क्षेत्र तथा स्थानमा नारा, जुलुस, प्रदर्शन तथा पाँच जनाभन्दा बढी भेला हुन निषेध गर्ने आदेश जारी गरेका छन् । पञ्चायतकालीन ऐनका आधारमा गरिएको बन्देजले संविधान सभाबाट जारी भएको नेपालको संविधानको धारा १७ मा व्यवस्था गरिएको स्वतन्त्रतापूर्वक भेला तथा सङ्गठित हुन पाउने अधिकार कुण्ठित गर्ने दुष्प्रयास गरेको छ । कुनै पनि बहानामा चालिएको जनताको शान्तिपूर्ण रुपमा खुला र सार्वजनिक रुपम आफ्ना असन्तुष्टि अभिव्यक्त गर्न पाउने अधिकारको सुनिश्चिता गर्ने वर्तमान लोकतान्त्रिक संविधान विरुद्धको कदमको हामी विरोध गर्दछौं ।”–विज्ञप्तिमा भनिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर