Sat2024 July 27
२०८१ साउन १२, शनिबार

शाहरुखको ‘जवान’ फिल्मले २ करोड कमाउन पनि सकेको छैन

16

एटली कुमार निर्देशित ‘जवान’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । यो चलचित्रले क्रमशः बक्स अफिसमा धेरै ठूला चलचित्रलाई पछाडी दियो । तर अहिले चलचित्रको गति बिस्तारै सुस्त हुँदै गएको छ । फिल्मले मुश्किलसँग २ करोड मात्रै कमाउन सकेको छ ।

गौरी खान द्वारा निर्मित ‘जवान’ 7 सेप्टेम्बर 2023 मा रिलिज भएको थियो। फिल्मले पहिलो दिन ७५ करोडको सबैभन्दा ठूलो ओपनिङ गरेको थियो । फिल्मले तीन दिनमा करिब २५० करोडको व्यापार गरेको थियो । २९ दिन बितिसक्दा पनि चलचित्र ठुलो पर्दामा चलिरहेको भएपनि हलमा दर्शकको अभाव छ ।

२९ औं दिनमा जवानको सबैभन्दा कम सङ्कलन

शाहरुख खान र नयनतारा स्टारर फिल्म ‘जवान’ घरेलु बक्स अफिसमा ६०० करोड क्लबमा सामेल भएको छ भने फिल्मले विश्वभर एक हजारको आँकडा पार गरेको छ । ६०० करोड पछि फिल्मले बक्स अफिसमा २ करोड मात्रै पनि कमाउन सकेको छैन ।

सैकनिल्कको अनुमानित तथ्याङ्क अनुसार ‘जवान’ ले २९ औं दिन घरेलु बक्स अफिसमा १.८५ करोड कमाएको छ । जहाँ, २८ औँ दिन १० लाख बढी अर्थात् १.९५ करोड रुपैयाँ संकलन भयो । जसरी ‘जवान’को कमाई घट्दै गएको छ, त्यसले आगामी दिनमा फिल्म लाखौंमा कम हुने देखिन्छ ।

के ‘जवान’ को समस्या बढ्छ ?

आज ‘मिशन रानीगञ्ज’ र ‘थ्याङ्क यू फर कमिङ’ पनि थिएटरमा आएका छन् । यी फिल्मले ‘जवान’, ‘गदर २’, ‘फुक्रे ३’ र ‘चन्द्रमुखी २’ जस्ता फिल्मका लागि समस्या खडा गर्न सक्छन् ।

२९ दिनमा जवानको बक्स अफिस ग्राफ :

जवान                                                  घरेलु बक्स अफिस
पहिलो हप्ता                                             389.88 करोड
दोस्रो हप्ता                                                १३६.१ करोड
तेस्रो हप्ता                                                 ५५.९२ करोड
चौथो हप्ता                                                ३५.६२ करोड

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर