Sat2024 July 27
२०८१ साउन १२, शनिबार

शिक्षकले विद्यार्थीलाई न्याकी न्याकी कुटपिट गरे

26

Uttar Pradesh: After Class 2 Student Fails To Finish Homework, Teacher Beats  Her Black & Blue

सुनसरी । इनरूवा नगरपालिका-९ का १५ वर्षीय बालक सुमितकुमार चौधरीले शिक्षकले कुटपिट गरेको आरोप लगाएका छन् ।

इनरूवा नगरपालिका-९ स्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सुमितकुमार चौधरीले ५७ वर्षीय शिक्षक तेजनारायण यादवले ०८० पुस ५ गते कक्षा कोठामा कुटपिट गरेको आरोप लगाउनु भएको लगाएका हुन् ।

सप्तरी जिल्ला, तिरहुत गाउँपालिका-३ स्थायी घर भइ इनरूवा नगरपालिका-९ स्थित सरस्वती माध्यमिक विद्यालयका विज्ञान विषयमा शिक्षक एवम् निमित्त प्रधानाध्यापक यादवले विना कारण कुटपिट गरेको पीडितको आरोप छ ।

विद्यालयमा पुस ५ गते पाँचौँ घण्टीमा विज्ञान विषय पढाउन सर आएको र आफूले विज्ञान विषय विहान नै पढाउनु भयो सर, अहिले अरू नै विषयको घण्टी हो भन्दा आफूलाई घाँटीमा न्याकेको पीडित विद्यार्थीको आरोप छ ।

कक्षा कोठामा कुटपिट गरी अफिसमा लगेर हप्काएको र विद्यालयका कार्यालय सहायक रमेश चौधरीले यसको म, छाला काढ्छु भनेर धम्की दिएको पीडित पक्षले बताएको छ । पीडित बालककी आमा सन्तकुमार चौधरीले कुटपिटबाट छोराको कान सुन्निएको र टाउकोमा चोट लागेको बताइन् ।

विद्यार्थी कुटपिटको विषय शिक्षक तेजनारायण चौधरीले पाँचौँ घण्टीको सर नआएको र कक्षा खाली हुने भएपछि आफूले पुन विज्ञान विषयको क्लास लिन खोज्दा सुमितकुमारले क्लास लिन अवरोध गरेको बताए।

कुटपिटबाट कान र टाउकोमा चोट लागेका बालकको स्थानीय क्लिनिकमा उपचार गरिएको छ ।

पीडित पक्षले आरोपित शिक्षकविरूद्ध प्रहरीमा उजुरी दिने भएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर