Sat2024 July 27
२०८१ साउन १२, शनिबार

शिक्षा विधेयक संघीयता विरोधी छ खारेज गर्नुपर्छः सिके राउत

18

काठमाडौं,१९ असोज । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले सरकारले संसदमा दर्ता गराएको शिक्षा विधेयक २०८० संघीयता विरोधी रहेको दाबी गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा पेश भएको शिक्षा विधेयकमाथि आफ्नो धारण राख्दै राउतले संघीयता विरोधी विधेयकको रुपमा आएको भन्दै खारेज गरेर नयाँ विधेयक ल्याउन माग गरेका छन् । उनले जनयुद्धको रापतापले राजनीतिमा स्थापित भएको माओवादीले समेत यो विधेयकमा खुलेर विरोध जनाउन नसकेको भन्दै आपत्ति जनाएका छन् ।
‘लोकसेवा आयोग प्रदेशमा छ । निजामति सेवा स्थानीय तहमा भइरहेको अवस्था छ । यस्तो अवस्थामा माध्यमिक शिक्षा बोर्डलाई केन्द्र वा संघमा राख्नु हुँदैन । कमसेकम प्रदेशसम्म राख्नुपर्छ’, उनले भने, ‘जिल्ला शिक्षा कार्यालय ल्याउनु भनेको संघले नियन्त्रण गर्न खोजेको संघीयता विरोधी गतिविधिका रूपमा देखियो । त्यसलाई पनि खारेज गर्नुपर्छ ।’

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर