कपिलवस्तु १९ भदौ । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको शिवराज आधारभूत स्वास्थ्यसेवा अस्पतालमा १६ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गरिएको छ शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले स्वास्थ्य बिमा कार्यक्रम सेवा प्रारम्भको औपचारिक शुभारम्भ गर्नुभएको छ ।
बिमा लागु भएपछि बिमित सेवाग्राहीले १२ सय प्रकारका औषधि बिमा मार्फत प्राप्त गर्न सक्नेछन् । बिमा प्रक्रिया अनलाइन पद्धतिबाट कार्यान्वयन गर्नुपर्नेहुँदा थुप्रै चुनौती रहेपनि यसलाई सफल बनाउन सवै लाग्नुपर्नेमा बक्ताहरूले जोड दिनुभयो ।
कोरोनाकालमा निर्माण भएको भवनबाट सेवा प्रदान गरिरहेको अस्पतालले पछिल्लो समय छुट्टै भवनबाट पोस्टमार्टम सेवा पनि प्रदान गर्दै आइरहेको छ । कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद बेल्वासेको अध्यक्षता र नगर प्रमुख अजय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।