Sat2024 July 27
२०८१ साउन १२, शनिबार

शे फोक्सुण्डो ताल पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने पर्यटकको माग

20

Shey Phoksundo Lake Trek, 9 Days Itinerary & Cost 2023 - Mount Mania

स्वदेशी तथा विदेशी पर्यटकले शे फोक्सुण्डो ताल पुग्न सहज बनाउन आवश्यक पूर्वाधार निर्माण गर्न माग गरेका छन् । डोल्पाको सदरमुकाम नजिकैको सुलिगाडदेखि तालसम्म आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकलाई आकर्षित गर्ने प्रबल सम्भावना रहेको उनीहरुको तर्क छ ।

हाल ताल घुम्न आउने पर्यटकहरू जिल्ला सदरमुकाम जाजरकोट र मध्यपहाडी लोकमार्ग हुँदै डोल्पाको सदरमुकाम डोल्पा पुगेर तालमा पुग्नुअघि नै एक रात बस्छन् । तालमा पुग्न एक दर्जन जीर्ण काठका पुलहरू पार गरेर सुलिगाड नदी पार गरिन्छ। जीर्ण काठका पुलबाट खोला तर्न जान जोखिममा रहेको नलगाड नगरपालिका–८ का रामप्रसाद खत्रीले बताए । यातायातको माध्यमबाट डोल्पाको दुनै पुग्न सकिन्छ । सुलीगाडबाट पैदल दुई दिनमा ताल पुग्न सकिन्छ । सुलिगाड खोलामा पक्की पुल र भरपर्दो पदयात्रा मार्ग भए स्वदेशी तथा विदेशी पर्यटक तालमा पुग्न सम्भव हुने सरोकारवालाले बताए ।

समुन्द्री सतहबाट ३ हजार ६ सय मिटर उचाइमा रहेको शे फोक्सुण्डो गाउँपालिका–८ को रिग्मो गाउँ नजिकै ४ दशमलव ९४ वर्ग किलोमिटर क्षेत्रफल फैलिएको ताल छ । तालको गहिराई १ सय ४५ मिटर रहेको बताइए पनि ६५० मिटर गहिरो रहेको स्थानीयको दाबी छ । मौसम अनुसार समय-समयमा आफ्नो रङ परिवर्तन गर्ने ताललाई अंग्रेजी अक्षर वाई आकारको छ र यसको अर्को विशेषता यो मानिसको फोक्सो जस्तो देखिन्छ।

पर्यटकले शे-फोक्सुण्डो ताल, शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, फोक्सुण्डो झरना र माथिल्लो डोल्पा सुलीगाडबाट आउने फुटपाथ प्रयोग गर्नुपर्छ । स्थानीयले काठेपुल, ठोसो, लप्कु र संकुल क्षेत्रलाई विभिन्न नाम दिएका छन् ।

डोल्पाका अधिकांश नदीमा झोलुङ्गे पुल निर्माणको काम जारी रहे पनि सुलिगाडदेखि फोक्सुण्डो तालसम्म पुग्ने काठका पुल छन् । स्थानीय बासिन्दा र पर्यटकको आवतजावतमा सहजताका लागि सुलिगाडदेखि तालसम्मको फुटपाथमा झोलुङ्गे पुल बने पनि परम्परागत काठका पुललाई जोगाउनुपर्ने शे फोक्सुण्डो गाउँपालिकाकी वडाध्यक्ष निमा लामाले बताए ।

उक्त क्षेत्र पदयात्राको मार्ग भएकाले पर्यटकलाई आकर्षित गर्न काठे पुलको संरक्षणमा सरोकारवालाले जोड दिनुपर्ने उनको भनाइ छ । RSS

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर