Sat2024 July 27
२०८१ साउन १२, शनिबार

श्रीलंकालाई विश्वकप अघि ठूलो झड्का

18

एजेन्सी – दुई सातापछि भारतमा हुने एकदिवसीय विश्वकप अघि श्रीलंका क्रिकेटलाई ठूलो झड्का लागेको छ । श्रीलंकाले चोटका कारण आफ्ना प्रमुख दुई बलरलाई बाहिर राख्दै विश्वकप खेल्ने टोली घोषणा गरेको छ । श्रीलंकाका प्रमुख स्पिनर वानिन्दु हसरंगा र तीव्र गतिका बलर दुश्मन्था चमिरा श्रीलंकाको विश्वकप टोलीमा छैनन् ।

दुई प्रमुख बलर नहुँदा श्रीलंकाको बलिङ आक्रामण कमजोर बन्ने देखिएको छ । चामिरा नहुँदा श्रीलंकाले अनुभवी तीव्र गतिका बलर लाहिरु कुमारालाई टोलीमा मौका दिएको छ ।

दासुन शानकाको कप्तानीमा घोषणा टोलीमा कुशल मेन्डिस उपकप्तान छन् । श्रीलंकाले शुक्रबार बंगलादेश र मंगलबार अफगानिस्तानसँग अभ्यास खेल खेल्नेछ । ७ अक्टोबरमा दिल्लीमा दक्षिण अफ्रिकासँग खेल्दै श्रीलंकाले विश्वकपमा सुरुवात गर्नेछ ।

श्रीलंका सन् १९९६ को विश्वकप विजेता टोली हो । त्यसपछि श्रीलंकाले विश्वकप जित्न सकेको छैन । पछिल्लो पटक श्रीलंकाले २०११ को विश्वकप फाइनलमा घरेलु टोली भारतसँग पराजित हुन पुगेको थियो । २०११ यता श्रीलंका सेमिफाइनलमा पुग्न सकेको छैन ।

श्रीलंकाको टोली :

दासुन शानका (कप्तान), कुशल मेन्डिस, कुशल परेरा, पाथुम निसंका, दिमुथ करुणारत्ने, सदिरा समराविक्रमा, चरिथ असलंका, धनन्जय डि सिल्भा, दासुन हेमन्था, दुनिथ वेलालागे, कसुन रजिथा, मथिसा पाथिराना, लाहिरु कुमारा र दिलशान मदुशानका ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर