Sat2024 July 27
२०८१ साउन १२, शनिबार

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस चारदिने नेपाल भ्रमणमा

15

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा काठमाडौं आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका महासचिवलाई परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले स्वागत गरेका थिए । भ्रमणको पहिलो दिन आइतबार महासचिव गुटेरेसले राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मामिलाले बताए ।

महासचिवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा छुट्टाछुट्टै भेट गर्नेछन् । त्यसैगरी गुटेरेसले उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । भेटघाटपछि उनले ऐतिहासिक तथा पुरातात्विक सम्पदाको रुपमा रहेको पाटन दरबार स्क्वायरको अवलोकन गर्नेछन् ।

प्रधानमन्त्री दाहालले आइतबार साँझ महासचिव गुटेरेसको सम्मानमा रात्रिभोज आयोजना गर्ने छन् । भ्रमणका क्रममा महासचिव सोमबार नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । उनले मंगलबार अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिवको जिम्मेवारी सम्हालेपछि पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका गुटेरेससँग शान्ति प्रक्रिया, दिगो विकास र जलवायु परिवर्तनका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर