Sat2024 July 27
२०८१ साउन ११, शुक्रबार

सडक दुर्घटनामा दुई जनाको मृत्यु

16

बागलुङको ढोरपाटनमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

ट्याक्सी दुर्घटनामा मृत्यु हुनेमा ढोरपाटन–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र जिल्ला बडिगाड–६ छिस्फाँटका ३२ वर्षीय अश्विन परियार रहेका छन् ।

बडिगाडबाट ढोरपाटन जाँदै गरेको ध १ ज ९९४ नम्बरको ट्याक्सी सडकबाट १०० मिटर तल खसेर ढोरपाटन–२ मलकातिबाङमा दुर्घटना भएको हो । दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । रासस

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर