Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सुरू

46

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ सुरु भएको छ। दुई नम्बर इजलासमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले सुनवाइ थालेका हुन्।

सन्दीपको मुद्दालाई अग्राधिकार दिएर एक नम्बर पालोमा राखिएको थियो। केही बेरअघि बहस सुरु भएको हो। 

मुद्दामा न्यायाधीशले कुनै आदेश दिएनन् भने आज-भोलिमै फैसला आउन सक्छ। आज सुरूमा सरकारी वकिलहरुले बहस गरिरहेका छन्। त्यसपछि सन्दीपका वकिलहरूले बहसमा भाग लिने छन्।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर