Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सन्दीप लामिछाने खेलमा फर्किए

14

नेपाली क्रिकेटर सन्दीप लामिछाने खेलमा फर्किएका छन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–२० विश्वकप छनोट प्रतियोगितामा समेत परेका छन् । उनले शुक्रबार सम्पन्न त्रिकोणात्मक शृंखलामा भाग लिएनन् । लामो समयदेखि काठमाडौं जिल्ला अदालतमा परेको मुद्दाको फैसला हुन नसकेपछि उनी निराश बनेका थिए । यसै सन्दर्भमा उनले आगामी प्रतियोगिता नखेल्ने भन्दै त्रिकोणात्मक सिरिजमा भाग लिएनन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाली क्रिकेट टोलीका सचिव पारस खड्काले सन्दीपलाई खेलमा फर्काउने प्रयास भइरहेको बताए । सन्दीपलाई सोमबारदेखि सुरु हुने टी–२० विश्वकप छनोटका लागि पनि टोलीमा समावेश गरिएको छ । नेपालले आफ्नो पहिलो खेल सोमबार सिंगापुरसँग खेल्दैछ ।

नेपाली क्रिकेटरमध्ये सबैभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका सन्दीपलाई खेलप्रेमीहरुले स्वागत गरेका छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर