Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सरकारले दुर्गा प्रसाईंको भक्तपुर निवास वरिपरि प्रहरी परिचालन गरेको छ

14

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा चलिरहेको ‘नागरिक बचाउ महाअभियान’ लाई लक्षित गर्दै सरकारले शुक्रबार प्रसाईंको भक्तपुर निवास वरिपरि प्रहरी परिचालन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले यसअघि प्रसाईंले प्रदर्शनका क्रममा शान्ति सुरक्षामा खतरा पैदा गर्ने कुनै पनि कार्यलाई कानुनी परिणाम भोग्नुपर्नेमा जोड दिँदै सम्भावित कानुनी कारबाहीका लागि चेतावनी दिएपछि यो कदम चालिएको हो ।

महेश बस्नेतका कार्यकर्ता र दुर्गा प्रसाईकातर्फबाट प्रदर्शनकारीहरुबीच भएको झडपलाई नियन्त्रण गर्न प्रशरीले हस्तक्षेप गरेपछि तनाव बढेको थियो । उल्लेखनीय छ, बिहीबार काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शनका क्रममा प्रसाईं र नेकपा एमाले निकट युवा संघ युवा संघका समर्थकबीच झडप भएको छ । त्यसपछि कालीमाटीमा प्रसाईंका समर्थक र प्रहरीबीच झडप भएको थियो । हिंसा भड्किने आशंकामा सरकारले दुर्गा प्रसाईलाई घेराबन्दीमा पार्न खोजेको हुनसक्ने आकलन गरिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर