Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लियाे

17

असोज १४ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता भएकाे छ ।

आयल निगमले शनिबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो ।

सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए ।

पुरानै मूल्य कायम हुँदा ग्याँसको मूल्य प्रतिसिलिण्डर १९९५ रुपैयाँ हुनेछ ।

डिजेलको मूल्य पहिलो वर्गमा १७०.५, दो १७२ र तेस्रो वर्गमास्रो वर्गमा १७३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो ।आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ नै कायम हुने भएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर