Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूरमा संलग्न पाँच जना पक्राउ

16

मोरङ, सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूरमा संलग्न ५ जना शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका-४ बस्ने ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरिया देवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारु लाल केवरत रहेका छन् ।

सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा गत कात्तिक २ गतेदेखि फरार रहेका उनीहरूलाई आ-आफ्नै घर ठेगानाबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई मोरङ जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर