Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सरकारी निकायमा दोभासे राख्न बहिरा संघको माग

18

जुम्ला  । बहिरा तथा अपाङ्गता भएका व्यक्तिहरुले सरकारी निकायमा दोभासे राख्न माग गरेका छन् । चन्दननाथ नगरपालिका उपमेयर रामदेवि खड्कालाई ०८० मङ्सिर ८ गते ध्यानाकर्षण पत्र बुझाएर दोभासे कर्मचारीको माग गरेका हुन् ।

बहिरा महासंघ कर्णालीका अध्यक्ष नम्रता भारतीले सरकारले सरकारी कार्यालयमा दोभासे राख्ने निति भएकाले चन्दननाथ नगरपालिकाले शुरु गर्न अनुरोध गर्नुभयो । सरकारी कार्यालयमा दोभासे नहुँदा सेवा लिन  कठिनाइ भएको उहाँले भन्नुभयो  ।

राष्ट्रिय अपाङ्गता महासंघ नेपालका पूर्व केन्द्रीय सदस्य नन्दराज धितालले अस्पताल,अदालत, प्रशासनमा समेत दोभासे नहुँदा समस्या भएको बताउनु भयो। उहाँका अनुसार भौतिक संरचना समेत अपाङ्गता मैत्री नहुँदा सहभागितामा कठिनाइ भएको छ ।

कर्णाली माविका दोभासे शिक्षक देवेन्द्र तिमिल्सिनाले सबै कार्यालयमा दोभासे राख्न अनुरोध गर्नुभयो । पहिले बहिराहरुको शिक्षाको विषयमा चिन्ता लाग्थ्यो अहिले पढेर बेरोजगारी बढेको उहाँले भन्नुभयो ।

चन्दननाथ नगरपालिका  उपप्रमुख  खड्काले आगामी नीति कार्यक्रममा दोभासेको विषयमा चन्दननाथ नगरपालिकाले योजना बनाउने प्रतिबद्धता गर्नुभयो । यस बर्ष  बहिराहरुलाई शिप विकास तालिममा जोड दिइने उहाँले बताउनुभयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर