Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सरुवा लिन इच्छुक निजामती कर्मचारीहरुबाट संघीय मन्त्रालयद्वारा निवेदन माग

17

राजु विके
भदौ २४ । एउटै निकाय वा कार्यालयमा न्यूनतम अवधिभन्दा बढी समयसम्म कार्यरत रहेका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले सरुवाका लागि निवेदन पेश गर्न सूचना जारी गरेको छ ।

मन्त्रालयको सूचना अनुसार रिक्त स्थानीय तहमा खटिन इच्छुक कर्मचारीहरुले सरुवा हुनका लागि निवेदन पेश गर्न पाउने छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४(४) बमोजिम यस मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत कामकाजमा खटाउने व्यवस्था रहेको छ ।

सरुवा लिन इच्छुक कर्मचारीले आफ्नो अद्यावधिक विवरणसहित २०८० भदौ २८ गतेभित्र रिक्त स्थानीय तहहरुको प्राथमिकता सहित कामकाजमा खटिन निवेदन पेश गर्नुपर्ने छ ।

मन्त्रालयले स्थानीय तह कर्मचारी प्रशासन शाखा वा इमेल saruwa2080@gmail.com मा निजामती सेवा नियमावली, २०४९ को अनुसूची ७ बमोजिम निवेदन पेश गर्न माग गरेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर