Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सर्जक तथा मोडेल सन्तोष लम्साल को ‘तिमीसँग हाँसेपनि’ बजारमा

17

टीका सुवेदी, बुटवल ।
अष्ट्रेलियामा व्यस्तताको बाबजुत पनि सर्जक तथा मोडेल सन्तोष लम्सालले “तिमीसंग हाँसेपनि..” बोलको गीति भिडियो हालै सार्वजनिक गरेका छन् । उक्त भिडियो अगस्त ११ तदनुरुप श्रावण २६ गते आज युट्युबमा अपलोड गरिएको हो ।
सन्तानको बाबु बन्न सक्दैनौ भन्ने मेडिकल रिपोर्टले कसरी एक पुरुषलाई विषादमा पार्छ, जीवनबाटै ऊ आजित हुन्छ अनि उसले आत्महत्याको बाटो रोज्छ तर श्रीमतीले आफूलाई सन्तान नभएनि हुन्छ तिमी बिना बाँच्न सक्दिन भन्दै आत्महत्या गर्नबाट आफ्नो श्रीमानलाई रोक्छिन् र पुनः आफ्नै रंगिलो मायाको संसारमा फर्काउँछिन् भन्ने कथावस्तुलाई न्याय मिल्नेगरि गीति भिडियो बनाइएको छ ।

१८ वर्षको उमेरदेखि नै साहित्य रचना र नेपाली संगीतलाई हृदयमा सजाउँदै आएका संगीत प्रेमी सन्तोष लम्साल बिगत १४ वर्षदेखि अष्ट्रेलियाको पर्थमा बस्दै आएका छन् ।

उनले अष्ट्रेलिया जस्तो व्यस्त ठाँउमा रहेर पनि नेपाली संगीतप्रतिको लगावमा कत्ति पनि कमी आउन दिएका छैनन् । ‘तिमीसँग हाँसेपनि’ गीति एल्बम त्यसैको प्रमाण हो भन्दा अतिशयोक्ति नहोला ।
उक्त सुमधुर गीतमा स्वर वरिष्ठ गायक स्वरुपराज आचार्य र संगीत शंकर थापा स्माईलको रहेको छ । निर्देशन प्रशान्त तामाङ्गले गरेका छन् भने फील स्टुडियोमा रेकर्ड भएको उक्त सांगेतिक भिडियोको सम्पादन बिनोद बमले गरेका छन् । पोस्ट प्रोडक्शन सांग्रिला क्रिएशनको रहेको छ ।

सो गीति भिडियोमा सर्जक तथा मोडेल सन्तोष लम्साललाई मोडेल बिमला लिम्बुले साथ दिएकी छिन् । मनी के. राई र बाल कलाकार सम्राट घिमीरेको पनि अभिनय देख्न सकिन्छ ।

VIDEO हेर्न तल क्लिक गर्नुहोस् :

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर