Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सलमान खान–कट्रिनाले बनाउन सकेनन् कीर्तिमान, २ फिल्मको अगाडि हार्यो ‘टाइगर ३’

15

दीपावलीको अवसरमा सलमान खान र कट्रिनाको बहुप्रतिक्षित फिल्म ‘टाइगर ३’ रिलिज भएको छ । फिल्मको अग्रिम बुकिङ हेर्दा फिल्मले यो वर्षका दुई ब्लकबस्टर फिल्म ‘पठान’ र ‘जवान’को कीर्तिमान अवश्य तोड्ने देखिन्छ, तर त्यसो हुन सकेन । तर, फिल्मले सन्नी देओल स्टारर फिल्म ‘गदर २’ को ओपनिङ डे कलेक्सनलाई पछाडि छोडेको छ । ‘टाइगर ३’ ले पहिलो दिन दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।
एक रिपोर्ट अनुसार ‘टाइगर ३’ ले पहिलो दिन ४४.५ करोड कमाएको छ । फिल्मले हिन्दीमा ४३.२ करोड, तेलुगुमा १.१५ करोड र तमिलमा १५ लाख रुपैयाँ कमाएको छ। विश्वव्यापी कलेक्सनको कुरा गर्ने हो भने फिल्मले ५० करोडको आँकडा पार गरिसकेको छ । पहिलो दिन अग्रिम बुकिङमा ‘टाइगर ३’ को ८ लाख ७७ हजार ५५ टिकट बिक्री भएको थियो ।

यो अग्रिम बुकिङ अनुसार फिल्मले ३० करोडभन्दा बढी कलेक्सन गरेको थियो । पहिलो दिनको कलेक्शनको मामिलामा सलमान खानले शाहरुख खानलाई उछिन्न सकेनन् । शाहरुखको ‘जवान’ले पहिलो दिन हिन्दीमा ६५ करोड र तमिल-तेलुगुमा १० करोड रुपैयाँ कमाएको थियो। जवानको ओपनिङ डे कलेक्सन भारतमा ७५ करोड रुपैयाँ थियो र यदि विश्वव्यापी कलेक्सनको कुरा गर्ने हो भने यो १०० करोडभन्दा बढी थियो।

पठानको रेकर्ड तोड्न सकेन गदर २ लाई पछि पारी दियो
योसँगै शाहरुख खानको ‘पठान’ ले पनि ओपनिङकै दिन कीर्तिमान तोडेको छ । विवादमा घेरिए पनि ‘पठान’ले ५७ करोड कमाएको थियो । यसबाहेक सनी देओलको ‘गदर २’ ले ओपनिङ दिनमा ४०.१ करोड कमाएको थियो। सलमानको ‘टाइगर ३’ ले अलि बढी कलेक्सन गरेको छ ।

सलमान खान र कट्रिना कैफको ‘टाइगर ३’ को बजेट
मनिष शर्माले निर्देशन गरेका एक था टाइगर र टाइगर जिन्दा है पछिको तेस्रो फ्रेन्चाइज ‘टाइगर ३’ हो । यससँगै यशराज फिल्म्सको स्पाइ युनिभर्सको यो पाँचौं किस्ता हो, जसको बजेट ३०० करोडभन्दा बढी छ। अब यो फिल्मले बजेटबाट कति कमाउन सक्छ त्यो भने हेर्न बाँकी छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर