Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सांसदहरूले एनसेल सरकारले किनेर चलाउनुपर्ने धारणा राखे

14

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले एनसेल सरकारले किनेर चलाउनुपर्ने धारणा राखेका छन् । आजको बैठकमा एमालेका सांसद योगेश भट्टराई र कांग्रेस सांसद अर्जुन नरसिंह केसीले सरकारले नै एनसेललाई किनेर चलाउनुपर्ने बताएका हुन् ।

बैठकमा भट्टराईले एनसेल टाट पल्टेको भए सरकारले किन्नुपर्ने बताए । “एनसेलको पहिलो किन्ने अधिकार हाम्रो छ । हामी नै किनौँ । उसलाई घाटा भयो, टाट पल्टेको भए हामी किनौँ । बेल आउट गरौँ,” भट्टराईको प्रस्ताव छ ।

आवश्यक परे सरकारले ६ अर्बको सेयर किनेर नेपाल टेलिकमजस्तै अर्को एउटा टेलिकम कम्पनी चलाउनेतिर जानुपर्ने बताए ।

त्यस्तै, कांग्रेस सांसद केसीले पनि एनसेल किनेर अर्को टेलिकम बनाएर चलाउनुपर्ने बताए । “साढे ६ अर्ब हो भने राष्ट्रले एनसेल किनेर पब्लिकबाट चलाऔँ । अर्को टेलिकम बनाएर चलाऔँ,” केसीले भने ।

उनले एनसेल प्रकरणलाई उच्चस्तरीय न्यायिक समितिले हेर्नुपर्ने पनि बताए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर