Sat2024 July 27
२०८१ साउन १२, शनिबार

साइबर क्राइम मार्फत दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

21

गोरखा । २३ वर्षीया महिलाको फेक फेसबुक एकाउन्ट बनाएर अनावश्यक पोस्ट गरेको आरोपमा बारपाक सुलिकोट गाउँपालिका– २ बस्ने २५ वर्षीय मनध्वज घलेलाई प्रहरीले वैशाख २८ गते गिरफ्तार  गरेको छ ।

महिलाको नाममा फेक फेसबुुक एकाउन्ट बनाएर अश्लिल भिडियो र तस्विरहरु राखी अनावश्यक पोष्ट गरेको भन्दै पीडितले वैशाख २५ गते दिएको उजुरीको आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरेको हो ।

आरोपितविरुद्ध वैशाख ३० गते विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप अनुमती लिएर घटनाको अनुसन्धान भइरहेको डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर