Sat2024 July 27
२०८१ साउन १२, शनिबार

साथ दिन्छु भन्ने प्रेमिकाले सिउँदो सजाइन् अर्कैको सिन्दूरले

17

राजु विके, रुपन्देही । बलेको आगो जल्ले नि ताप्न खोज्छ, कारण हो मिहेनत र लगानी केही गर्न पर्दैन तर बलेको आगो ताप्न पाए पछि आफ्नो स्वार्थ पूरा भने हुन्छ नै । बलेको आगो भनिरहँदा मानसपटलमा आगोको झल्को पक्कै पनि आउला तर यो प्रतीकात्मक लाइन बलेको आगोलाई सम्झिनका लागि होइन अवसरवादीहरुका लागि प्रयोग हुन्छ जसले आफ्नो आवश्यकता पूर्तिका लागि हाइ प्रोफाइल भएकाहरुको नाम भजाउँछन् ।  तर वाइरल भएका पछि लागेर आफूपनि वाइरल हुनेभन्दा ओझेलमा परेकाहरुको पिछा गरेर तिनलाई ऊँचाईसम्म पुग्न टेवा दिने मान्यता राख्दछ लोक सारथी डट कम, त्यसैले भूल गइ क्या ओ जाने जाँ हिन्दी बोलको सांगीतिक विडियोको पक्षमा समाचार लेखिदै छ । किनकि कला संगीतको एउटै भाषा, भूगोल हुँदैन, यो त बन्धनमुक्त हुन्छ ।

सांगीतिक विडियो हेर्न तल क्लिक गर्नुहोस् :

युट्युबमा एउटा यस्तो सांगीतिक विडियो (Video) देख्न सुन्न पाइन्छ जुन पाँच महिना पहिले रिलिज गरिएको थियो र आजसम्म जसको व्यूज (Views) जम्मा १५० मात्र छ । Views न बढ्नुको धेरै कारण होलान् जसमा मुख्य कारण दर्शकको रोजाइ अनि रुचि नै हो । देश विदेशमा रहेका नेपालीहरु त संगीतप्रेमी नै हुन् जसले निर्माता तथा कलाकारहरुको सांगीतिक प्रस्तुतिलाई २४ घण्टा भित्र लाखौंको संख्यामा हेरेर कालजयी बनाइदिएका छन् । यसका थुप्रै उदाहरणहरु पनि छन् ।

तर तिनै संगीतप्रेमी नेपालीहरुले ‘‘भूल गइ क्या ओ मेरी जाने जां’’ (तिमीले बिर्सिदियौ कि प्रिय) बोलको सांगीतिक विडियोलाई त्यो ऊँचाइमा देख्न चाहेनन् जसको साच्चिकै हकदार छ यो । यस बारे थप प्रसङ्गमा प्रवेश गर्नु अघि यहाँ गीतको शब्दहरु राख्नु औचित्यपूर्ण देखिन्छ जुन यस प्रकारका छन्

भूल गइ क्या ओ मेरी जाने जाँ
तेरा तेरा तेरा मै पहला प्यार था
याद नहीं क्या तुझको बेवफा
याद नहीं क्या ओ बेवफा
तेरी धडकनों का मै रफतार था
भूल गइ क्या ओ मेरी जाने जाँ ……….

चुपके से मिलना और मीठी बातें करना
कहती थी संग जीना है और संग मरना
करो याद बिते हुए वो लम्हें वो रातें
कर ना मुझसे प्यार भरी मीठी मीठी बातें साथिया
जिसमे सिर्फ प्यार प्यार था
भूल गइ क्या ओ मेरी जाने जाँ …………

खता मेरी है अगर तो सजा मै सहुंगा
तुझे जिन्दगी से दूर जाने न दुँगा
जलता दिया हो तुम मेरी खुशियों का
अब तो दवा बन गइ हो दर्दे जिगर का जाने जाँ
जिसमे प्यार तेरा प्यार प्यार है
भूल गइ क्या ओ मेरो जाने जाँ……………..

माथिका शब्द अभिनयकर्ता दीपक पाण्डेय आफैले लेखेका हुन् । सांगीतिक विडियोमा दीपक पाण्डे नै मुख्य अभिनयमा देखिन्छन् । संगीत Melody Makers 1993 को रहेको छ भने निर्देशन जनक पाण्डेले गरेका छन् Melody Makers 1993 को संगीत, विरेन्द्र अग्रहरीको सुमधुर आवाज अनि दीपक पाण्डेयको अभिनय मिलेर एउटा नयाँ संगीतमय संसारको सृजना भएको महसुस हुन्छ । शब्दहरुको वियोगान्त मर्मभावले गायक अग्रहरीको आवाजबाट पूर्ण न्याय पाएको छ । विरेन्द्र अग्रहरीसँग संगीत रच्ने र गाउने सवालमा गड गिफ्टेड प्रतीभा छ भन्दा अतिशयोक्ति नहोला । दीपक पाण्डेय आफै पनि गीत लेख्ने संगीत बनाउने, अभिनय गर्ने एक प्रतिभावान कलाकार हुन् । यी गुण विशेषताहरु सबैमा हुँदैन ।

विडियो मार्फत् प्रेमी प्रेमिका कसरी साथ जिउनेमर्ने कसम खान्छन् अनि दवाबमा आएर बाचाबन्धन भुलिदिन्छन्, विशेषगरि प्रेमिका घरपरिजनको करकापमा परेर प्रेमीलाई धोखा दिन्छिन् अर्कैको सिन्दूरले सिउँदो सजाउँछिन् , प्रेमीसँग बिताएका पलहरु सजिलै बिर्सिदिन्छिन्, प्रेमि प्रेमिकाले एकअर्काप्रति राखेका चाहनाहरु सँधै सफल हुँदैन भन्ने तितो यथार्थ बारे सन्देश दिने प्रयास गरिएको छ जुन सफल भएको छ ।

गीति विडियोमा सम्पादन Legend Films को रहेको छ भने बेवफाको भूमिकामा दीपशिखा देखा परेकी छिन् । चलचित्रको दृश्य जस्तो लाग्ने जम्मा पाँच मिनेटको यो विडियोको छायांकन स्टुडियो हाइलाइट बुटवलले गरेको हो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर