Sat2024 July 27
२०८१ साउन १२, शनिबार

साफ यू-१९ का लागि नेपाल तयार

17

काठमाडौं  – साफ यू–१९ च्याम्पियनसिपका लागि नेपालको २३-सदस्यीय अन्तिम टोलीको टुङ्गो लागेको छ । एन्फाले बुधबार प्रतियोगिताका लागि अन्तिम टोली घोषणा गरेको हो ।

गत सातादेखि बन्द प्रशिक्षणमा रहेको २५ सदस्यीय टोलीबाट मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले निशान तामाङ र निरज कार्कीलाई बाहिर राख्दै टोलीको घोषणा गरेका हुन् । यी दुई खेलाडीलाई स्ट्यान्डबाइ खेलाडीको रुपमा राखिएको एन्फाले जनाएको छ । नेपाली टोलीको कप्तानी गोलकिपर जियारत शेखले गर्नेछन् । उनले ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबबाट खेलेका थिए ।

नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र पाकिस्तान छन् भने समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन् । नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २१ गते ५:३० बजे पहिलोपल्ट यु-१९ साफ खेलिरहेको पाकिस्तानसँग खेल्नेछ ।

नेपाल पहिलो संस्करणको विजेता टोली हो । सन् २०१५ मा नेपालले भारतलाई हराउँदै उपाधि जित्दा वर्तमान प्रशिक्षक श्रेष्ठ त्यसबेला बालगोपाल महर्जनको प्राविधिक टोलीमा सहायक प्रशिक्षक थिए ।

साविक विजेता भारत र बंगलादेशबीचको खेल सोहि दिन दशरथ रंगशालामा दिउँसो १ः३० बजे सुरु हुनेछ । समूह ‘बी’ मा भारत र बंगलादेशसँगै भुटान छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

यसअघिका चार संस्करण नेपाल र भारतले मात्र जितेका छन् । नेपाल र भारत दुवैले यसअघि दुई-दुई पटक साफ यू–१९ च्याम्पियनसिपको उपाधि जितेका छन् । नेपालले २०१५ र २०१७ मा उपाधि जितेको थियो भने भारतले २०१९ र २०२२ मा उपाधि जितेको थियो ।

२३ सदस्यीय अन्तिम टोली

गोलकिपर – जियारत शेख, रविन बोगटी, अमित तामाङ

डिफेन्डर – सेमन्ता थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुष तिम्सिना, आश्विन घोरासाइने, दीपक थापा मगर, निशाङ पाराङडेन (लिम्बु), गौरव महर्जन

मिडफिल्डर – कुशल देउला, लक्षु थापा, प्रशान्त लक्षम, अभिनाश स्याङ्तान, अनिल भोम्जन, धनसिंह बिके, हरिशराज भट्ट, नेल्सन तामाङ

फरवार्ड – समिर तामाङ, निराजन धामी, सुजन डंगोल, सिद्धार्थ अधिकारी

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर