Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

19

१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–१९ बागफाँटाका २७ वर्षीय प्रेमप्रकास पाण्डेयलाई ०८० पुस १२ गते गिरफ्तार गरेको छ ।

बालिकालाई पुस ११ गते साँझको समयमा बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १२ गते उजुरी दिएपछि आरोपित पाण्डेयलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको र घटनामा संलग्न अर्का आरोपित फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताउनु भयो ।

उल्टाखामबाट घर आइरहेको अवस्थामा बालिकामाथि सामुहिक बलात्कार भएकोले न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितकी आमाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस ११ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर