Fri2024 September 20
२०८१ असोज ०४, शुक्रबार

सार्वजनिक लेखा समितिद्वारा नेपाल दूरसञ्चार प्राधिकरणले उपकरण खरिदमा भ्रष्टाचार गरेको ठहर

20

काठमाडौं, ११ पुस । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले टेरामोक्स खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकालेकाे छ । बुधबार बसेकाे समितिकाे बैठकले Telecommunication Traffic Monitoring and Fraud Control System  (TERAMOX) टेरामोक्स खरिदमा अनियमितता भएको निष्कर्ष सहित मुद्दा प्रक्रिया अघि बढाउन अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको हाे।

समितिले टेरामोक्स खरिद सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणबाट आवश्यक कागजात मगाएर अध्ययन गरी भ्रष्टाचार भएको निष्कर्ष निकालेकाे हाे ।

समितिले टेरामोक्स खरिदसँग सम्बन्धित सबै कागजात अढाइ महिनाअघि नै प्राधिकरणसँग मागेको थियो। विस्तृतरुपमा अध्ययनपछि समितिले टेरामोक्स खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको हो।

उपलब्ध अन्य कागजात हेर्दा भुक्तानी ग्रामिण दूरसञ्चार कोषको रकमबाट गरेको तर कुन विधिबाट बजेट स्वीकृत भयो र यो प्रक्रियामा संलग्न पदाधिकारी को को हुन् र के निर्णय भएको भन्ने नपाइएकाे समितिका सभापति ऋषिकेश पोखरेलले बताए । सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पनि पालना गरेको नदेखिएकाे उनकाे भनाइ छ ।

लेबनानको कम्पनीको ठेगाना साइप्रस राखी दुबईमा भुक्तानी गर्नुका साथै राष्ट्र बैंकको स्वीकृतिविना भुक्तानी गर्नुलाई समितिले शंकास्पद मानेको छ।

समितिका अनुसार भुक्तानी ग्रामीण दूरसञ्चार कोषको रकमबाट गरिएको हो। डलरमा सम्झौता गरी स्थानीय मुद्रामा भक्तानी गर्दा कर छलीका साथै ५० करोड रुपैयाँ नोक्सानी हुने निष्कर्ष समितिले निकालेको छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बंधित खबर

0
Would love your thoughts, please comment.x
()
x