Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सिद्धबाबा मन्दिरको आसपासमा मागी खाने एक पुरुष मृत अवस्थामा भेटिए

14

बुटवल । सिद्धबाबा मन्दिर नजिकै एक पुरुषको शव फेला परेको छ । मंगलबार मध्यान्ह पाल्पाको तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा शव फेला परेको हो ।

तल्लो (बुटवल) सिद्धबाबा नजिकै करिब ५५ वर्ष उमेरका एक पुरुष सडकको कुनामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको र घटना बारे थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विगत केही दिनदेखि सिद्धबाबा मन्दिरको आसपासमा मागी खाने र सोही ठाउँमा ती पुरुष बस्दै आएका थिए । मृतकको साथमा २ वटा झोला समेत रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर