Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आम्दा नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा आम्दा बुटवलमा थप २०० शैय्या भवनको शिलान्यास

15

 

कात्तिक १६, बुटवल । सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा थप २०० शैया भवनको शिलान्यास गरिएको छ । आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले भवनको शिलान्यास गरेका हुन् । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा २ सय बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी ११ असोज २०७९ मै भएको थियो । सोही निर्णय बमोजिम आज शिलान्यास भएको हो । स्तरोन्नतिको निर्णय हुँदा अस्पतालमा १०० बेडको मात्र सुविधा थियो । अस्पतालका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई हालको बेड संख्यामा २०० शैय्या थपेर ३ सय बेडको बनाउने र विशिष्टिकृत सेवा प्रवाह गर्ने निर्णय आजभन्दा करिब १३ महिना अघि नै गरेका थिए ।

हाल १०० शैयाको क्षमतामा संचालित अस्पतालमा बिरामीहरुको चाप र आवश्यकतालाई मध्यनजर गरी ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्नका लागि जेठमा ६ सदस्यीय टोलिले जापान भ्रमण गरेको नतिजा स्वरुप थप २०० शैया अस्पताल भवन निर्माणको वातावरण बनेको बताइएको छ । कार्यक्रममा अस्पतालका संस्थापक जीवन ओझालाई सम्मान गरिनुका साथै अस्पतालको स्मारिका विमोचन गरिएको थियो ।

अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि संचालन हुने गरि नगरपालिकाबाट बजेट विनियोजित गरेको छ । अस्पतालले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिङ्ग , सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम संचालन गर्ने तयारी समेत गरेको छ ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा नेपाल काठामाडौ उपत्यका बाहिर देशकै पहिलो बाल अस्पताल हो । आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नं. ७ (साविक वडा नं. ९) मा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्थापना गरिएको थियो । आम्दा इन्टरनेशनलका अध्यक्ष डा सिगेरू सुगानामीको नेपाल आम्दा स्थापना गर्न विशेष योगदान रहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर