Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सुँगुरको मुटु जीवित मानवमा सफल प्रत्यारोपण

15

आफ्नै निवासमा प्रवेश गर्नबाट रोक्ने पार्वती नन्दनको शीश त्रिशूलले खण्डन गरेपछि पार्वतीको क्रोध शान्त पार्नका लागि हात्तीको टाउको प्रत्यारोपण गरेर महादेवले जीवित बनाएका थिए । उनै पार्वती नन्दन गणेश हुन् जसको कुनै पनि धार्मिक कार्यमा सर्वप्रथम नाम लिइन्छ । श्री गणेशले सम्पूर्ण कार्यलाई सिद्धि प्रदान गर्ने विश्वास रहि आएको छ । यो त भयो प्राचीनकालको इतिहास । आधुनिक वैज्ञानिक युगको चिकित्सा विज्ञानले पनि पशुको अंगहरु मानवमा प्रत्यारोपण गर्न सफल बनेको छ । हालै सुँगुरको मुटु जीवित मानव शरीरमा लगाइएको समाचार बाहिरिएको छ ।

सुँगुरको मुटु जीवित मानवमा प्रत्यारोपण गरिएको युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरले शुक्रबार (22 Oct.) घोषणा गरेको छ।

यस अस्पतालमा सुँगुरको मुटु रोगी मानिसलाई लगाइएको यो दोस्रो पटक हो । सेप्टेम्बर २० मा UMMC मा त्यही प्रत्यारोपण टोलीद्वारा ग्राउन्डब्रेकिंग शल्यक्रिया गरिएको थियो जसले २०२२ मा पहिलो पटक यस्तो प्रयोगात्मक शल्यक्रिया गरेको थियो।

सुंगुरको मुटु प्रत्यारोपण गरिएका 58 वर्षीय लरेन्स फौसेट कुनै सहयोगी उपकरणहरूको सहयोग बिना राम्रोसँग बाँचीरहेका छन् ।

लरेन्स फौसेटलाई अन्तिम अवस्था पुगी सकेको हृदय रोग थियो ।  पहिल्यैदेखि रहेको परिधीय भास्कुलर रोग र आन्तरिक रक्तस्रावको जटिलताले उहाँलाई परम्परागत मुटु प्रत्यारोपणका लागि अयोग्य बनाएको थियो, अस्पतालले विज्ञप्तिमा भनिएको छ । हृदयघातको लक्षण देखिएपछि सेप्टेम्बर १४ मा उनलाई UMMC मा भर्ना गरिएको थियो।

प्रयोग गरिएको सुँगुरको मुटु युनाइटेड थेराप्यूटिक्स कर्पोरेशनको सहायक कम्पनी रेभिभकोरबाट आनुवंशिक रूपमा परिमार्जित सुँगुरबाट आएको हो। सुँगुरको ब्लड सेल्समा अल्फा गाल शुगर हटाउन ३ जीवनहरु निष्क्रिय पारिनुका साथै अन्य ७ जीवनहरु समेत जम्मा १० जीनहरुलाई सम्पादन गरिएको थियो । यसो नगरेको भए रोगीको शरीरले सुँगुरको अंगलाई अस्वीकार गर्ने सम्भावना थियो ।

सुँगुरको मुटुको बृद्धि नियन्त्रण गर्न थप सुँगुरको जीन परिमार्जन गरिएको थियो जबकि प्रतिरक्षा प्रणालीद्वारा स्वीकृति बढाउन सुँगुरको जीनोममा ६ वटा मानव जीन थपिएका थिए। FDA ले सन् २०२० मा सम्भावित चिकित्सीय प्रयोग र उपभोगका लागि जीन सम्पादन गरिएका सुँगुरहरूलाई पहिलो पटक अनुमोदन गरेको थियो।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर