Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सुदूरपश्चिममा भूकम्पको धक्का

17

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहान ९ः२६ बजे दार्चुला जिल्लाको छेउछाउको भारतको बाटानमा केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बैतडीले भूकम्पको धक्का महसुस भएको र क्षतिको विवरण प्राप्त नभएको जनाएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर