Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सुनको लेप लगाएको कपडासहित दुईजना पक्राउ

29

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) बाट सुनसहित दुई भारतीय नागरिकलाई गए राति पक्राउ गरेको छ ।

फ्लाई दुबईको फ्लाईट एफजेड–५७५ बाट गए राति काठमाडौं आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशनलाई पक्राउ गरिएको छ ।

उनीहरूको लुगामा सुनको लेप टाँसिएको जस्तो देखिको थियो।

सुरेश कुमारको लुगासहितको सुन जस्तो देखिने पहेँलो धातुको तौल २.६ केजी र मोहन कुमारको लुगाको तौल २.५ केजी रहेको TIA सुरक्षा प्रमुख शर्माले जानकारी दिए ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर