Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सेमिफाइनलमा पुग्न नेपाललाई विशाल लक्ष्य

18

झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनायो । भारतका यशस्वी जैसवालले ४९ बलमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेले ।

अन्तिम ओभरमा रिंकु सिंहले तीव्र गतिका बलर अभिनाश बोहरालाई दुई चौका र दुई छक्कासहित कुल २५ रन प्रहार गरेका थिए । रिंकु १५ बलमा २ चौका र ४ छक्कासहित ३७ रनमा नटआउट रहे । शिबम दुबे १९ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्रिजमा रहे ।

जैसवालको यो टि२० आई करिअरको पहिलो शतक हो । उनी टि२० आईमा भारतबाट कम उमेरमा शतक हान्ने खेलाडी बनेका छन् । जैसवालले २१ बवर्ष २ सय ७९ दिनमा शतक हानेका छन् । यसअघि शुभमन गिलले गत फेब्रुअरीमा न्युजिल्यान्डविरुद्ध २३ वर्ष १ सय ४६ दिनमा १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए ।

पहिलो विकेटका लागि जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । नवौं ओभरको पाँचौं बलमा दीपेन्द्रको बलमा ठूलो सट खेलेका भारतीय कप्तान ऋतुराज गायकवाड डिप मिडविकेटमा रोहित पौडेलबाट क्याच आउट भए ।

गायकवाड २३ बलमा ४ चौकासहित २५ रनमा आउट भएका थिए ।तिलक बर्मालाई सोमपाल कामीले १२ औं ओभरको चौथो बलमा २ रनमा बोल्ड आउट गरे । तिलक बर्माले १० बल खेलेका थिए । जितेश शर्मा सन्दीप लामिछानेको १३ औं ओभरको पाँचौं बलमा पाँच रनमा कट एण्ड बोल्ड आउट भए ।

नेपालका दीपेन्द्रसिंह ऐेरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले ३ ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।

कप्तान रोहित पौडेलले ३ ओभरमा २६ रन खर्चे । रोहितले १९ औं ओभर बलिङ गरेका थिए । माल्दिभ्सविरुद्ध ६ विकेट लिएका अभिनाशले ४ ओभरमा ५३ रन खर्चिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर