Sat2024 July 27
२०८१ साउन १२, शनिबार

सैनामैना मेमोरियल स्कूल GPA ३.९५ सहित रुपन्देही प्रथम

14

बुटवल, रुपन्देही ।
पुनर्योग पछि नतिजा सच्चिदा, अमित पोख्रेल जिल्ला प्रथम बनेका छन् । सैनामैना नगरपालिकाको वार्ड नम्बर १ स्थित सैनामैना मेमोरियल स्कूलबाट माद्यमिक शिक्षा परीक्षा – २०७९ मा सहभागी भएका अमित पोख्रेल GPA ३.९५  सहित रुपन्देही प्रथम बन्न सफल भएका हुन्। गत असार २१ गते प्रकाशित नतिजाबाट तीव्र असन्तुष्ट रहेका उनी र विद्यालयले पुनर्योगका लागि परीक्षा नियन्त्रण कार्यालयमा निवेदन पत्र बुझाएका थिए।

परीक्षा नियन्त्रण कार्यालयले बुधबार प्रकाशन गरेको पुनर्योग तर्फको पहिलो लटको नतिजामा उनको अङ्ग्रेजी विषयमा पहिले रहेको ग्रेड वृद्धि भइ  GPA ४  बनेसंगै उनको GPA ३.९५ कायम रहन पुगेको विद्यालयका प्राचार्य जे.बि. क्षेत्रीले बताउनु भयो। अतिरिक्त क्रियाकलापतर्फ अन्तर्राष्ट्रिय अवार्ड विजेता विद्यालय अब्बल शैक्षिक नतिजाका लागि समेत निरन्तर क्रियाशील रहँदै आएको विद्यालय हो।

वि. स. २०७४ मा पहिलोपल्ट नेशनल प्याब्सनतर्फ जिल्ला प्रथम बनेको विद्यालयले यसपटक पनि जिल्लामै अब्बल नतिजा दोहोरिनुमा विद्यालयमा अध्यापनरत शिक्षकहरुको अथक परिश्रमका साथै विद्यार्थी स्वयम् र अभिभावक समेतको त्रिपक्षीय सन्तुलित तालमेलले भूमिका खेलेको समेत प्राचार्य जे.बि. क्षेत्रीले बताउनु भयो। सैनामैना मेमोरियलको नतिजा परिवर्तन भएसंगै रुपन्देहीबाट GPA ३.९५  ल्याउने विद्यालयको संख्या ११ पुगेको छ। NEB ले सार्वजनिक गरेको सूचना अनुसार ४,८४,९३९ विद्यार्थीहरुले एसइइ परीक्षा दिएका थिए जसमध्ये ४७०९४७ विद्यार्थीहरु उत्तीर्ण भएका छन् । १३,९९२ विद्यार्थीहरु अनुत्तीर्ण भएका हुन् अर्थात् उनीहरुले न्यूनतम जिपिए ०.८ पनि ल्याउन सकेनन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर