Sun2024 July 21
२०८१ साउन ०६, आइतबार

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

14

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा गएराति स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । ०२–०२७–प ४८४२ नम्बरको स्कुटर काठमाडौंबाट हेटौँडातर्फ जाँदै गर्दा काठमाडौं–कुलेखानी–हेटौँडा सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–२७ का ६५ वर्षीय शशिराज पाण्डेकी श्रीमती ६२ वर्षीय राज्यश्री थापा क्षेत्री रहेकी छन् । दुर्घटनामा स्कुटरमा सवार पाण्डे घाइते भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

घटनामा गम्भीर घाइते भएका क्षेत्रीको हेटौंडा अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ७ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ भने पाण्डेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर