Sat2024 July 27
२०८१ साउन १२, शनिबार

स्कूटर चोरी गर्ने वर्ष १७ का बालक पक्राउ

18

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले स्कूटर चोरी गर्ने एक बालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ स्थायी घर भइ हाल पोखरा महानगरपालिका वडा नं.१६ दिप बस्ने वर्ष १७ का एक जना बालक छन् ।

प्रहरीका अनुसार मंसिर १९ गते पोखरा-३ नदीपुरमा पार्किङ गरिराखेको ग१४प २०३४ नम्बरको स्कूटर र पोखरा-१ बगरमा पार्किङ गरी राखेको ग८प ९९३ नम्बरको स्कुटर चोरी भएको थियो ।

प्रहरीले खोजतलास गर्नेक्रममा ग१४प २०३४ नम्बरको स्कूटरसहित बालकलाई फेला पारेको थियो । उनलाई सोधपुछ गर्दै जाँदा ग८प ९९३ नम्बरको स्कुटरसमेत चोरी गरेको भेटिएको थियो ।

उन यसअघि पनि चोरी मुद्धामा ३ पटक पक्राउ परेका थिए । पक्राउ परेका बालकलाई चोरी तथा डाँकासम्बन्धी मुद्धामा अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर