Sat2024 July 27
२०८१ साउन १२, शनिबार

स्कूल बसको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु

15

लुम्बिनी । रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ४ महुवारी का २१ वर्षीय मोहम्मद इरसाद र १६ वर्षीया रुबिना खातुनको घटनास्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टका अनुसार लुम्बिनी ककरहवा सडक खण्डमा आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा १७ वर्षीया अप्सना खातुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको डिएपसी भट्टले बताए । सूर्यपुरास्थित सिद्धार्थ प्रतिभा बोर्डिङ स्कुलको लु१क १७७८ नंको बसले लु३७प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रनाउ भट्टले जानकारी दिए ।

बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुल बसमा आगो लगाइदिएका छन् । बस पूर्णरुपमा क्षति भएको छ । घटनापछि बसका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ । बस स्कुलका विद्यार्थी बोकेर भ्रमणमा जाँदै गर्दा दुर्घटनामा परेको हो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर