Fri2024 May 24
२०८१ जेठ ११, शुक्रबार

स्पेनको नाइट क्लबमा आगलागी, १५ जनाको मृत्यु

9

काठमाडौं । स्पेनको मर्सिया सहरमा रहेका तीनवटा नाइट क्लबमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको छ । नाइटक्लबमा आइतबार बिहान आगलागी भएको थियो । त्यसलगत्तै नजिकैका दुईवटा क्लबमा आगलागी फैलिएको थियो ।

मृत्यु हुनेमा जन्मदिन मनाउन आएका परिवारका सदस्यसमेत रहेको बीबीसीले जनाएको छ । १४ जना बेपत्ता भएको समाचारमा उल्लेख छ ।

घटनाबारे अनुसन्धान भइरहेको बीबीसीले बताएको छ ।

आगो सुरु हुँदा एक २८ वर्षीया महिलाले आफ्नी आमालाई एउटा भ्वाइस नोट पठाइन्, ला वर्डाड डे मर्सिया अखबारका अनुसार उनले भ्वाइस नोटमा भनेकरुी थिइन्– आमा, म तिमीलाई माया गर्छु, हामी अब मर्दै छौं ।

उनी आफ्नो साथी र नजिकैको सहरका केही साथीहरूसँग घर बाहिर गएकी थिइन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर