Mon2024 September 16
२०८१ भदौ ३१, सोमबार

स्पेसल फ्रोन्टियर फोर्सका भूपूहरुको तिज मिलन कार्यक्रम सम्पन्न

23

रुपन्देही, १९ भदौ । स्पेसल फ्रोन्टियर फोर्सका भूपूहरुले नेपालका बिभिन्न ठाउँमा रहेका एसएफएफ एकता समूहका परिवारलाई तिजको दर खुवाउने कार्यक्रमहरु गत साता सम्पन्न गरेको छ । तिजको अवसर पारी भेटघाट तथा दिदीबहिनी, छोरीबुहारीहरुलाई तिजको दर खुवाउने कार्यक्रमहरु सम्पन्न भएको हो ।

उक्त कार्यक्रमहरु विभिन्न स्थानमा सम्पन्न भएका हुन् । यसै क्रममा बुटवल एसएफएफ एकता समूहका अध्यक्ष श्री खड्क बहादुर श्रेष्ठ ज्यूका अनुसार महाराजा रिसोर्ट कालिकानगर बुटवलमा तिज मिलन कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरी नवलपुर कावासोतीले स्थानीय टाइगर रिसोर्ट देवचुली रजहरमा सम्पन्न गरेको जानाकारी त्यहाँको एसएफएफ एकता समूहका अध्यक्ष श्री धन बहादुर गाहा ज्यु ले दिएका छन् ।

यसैगरी अध्यक्ष श्री हरिप्रसाद श्रेष्ठबाट प्राप्त जानकारी अनुसार पोखराका एसएफएफ एकता समूहले पनि स्थानीय साइमन पार्टि प्यालेस सिर्जनाचोक पोखरामा भब्यरुपमा सम्पन्न भएको छ ।

विभिन्न ठाउँमा रहेका एसएफएफले भूपूहरुका परिवारका आमा, दिदीबहिनी, छोरीबुहारीहरुलाई तिजको दर कार्यक्रममा सामेल भइदिन कार्यक्रम अघि नै सूचना जारी गरेका थिए । दिदीबहिनीहरुलाई पायक पर्ने जुनसुकै स्थानको कार्यक्रममा सहभागी हुन सूचनामा भनिएको थियो ।

उक्त तिजको दर खुवाउने कार्यक्रमका बिच नेपालभरि छरिएर रहेका भूपू एवम् उनीहरुको परिवारका सदस्यहरुलाई आउँदै गरेको दशै तिहारको शुभकामनासमेत आदान प्रदान गरिएको थियो ।

स्पेसल फ्रोन्टियर फोर्स, प्यारा कमान्डो (SFF Para Commando) नामले परिचित विशुद्ध भारतीय प्यारा गोर्खा रेजिमेन्ट जसले पाकिस्तानसँग १९६५ र १९७१ को युद्ध लड्यो । साथै इन्डो चाइना, मेघदूत, ब्लु स्टार, श्रीलंन्का, जम्मु कश्मिर कार्गिल जस्ता लडाइमा अदभूत वीरता प्रदर्शन गरी बिभिन्न मेडलदेखि वीरचक्रसम्म प्राप्त गर्न सफल कमान्डो पल्टन हो ।

यसले माउन्ट एभेरेष्टदेखि संसारका १० उच्च हिम शृङ्खदादेखि ग्लेसियरसम्म, अन्टार्टिकादेखि हिमालयन शृङ्खलासम्म आफ्नो वीरताको निसानी छोड्न ऐतिहास सफलता हासिल गरेको छ। नेपाली सशस्त्र सेना होस् या श्रीलंकन आर्मी, भारतीय अन्य पल्टन होस् या रेजिमेन्टहरुलाई पारा तालिम मेडिकल, सिग्नल, एजुकेसन, कमान्डो, फायरिङ, मेप रिडिङदेखि बिभिन्न उच्च स्तरका हतियार तालिम दिन र लिन सक्षम छ । प्रम इन्दिरा गांधीदेखि उच्च स्तरका भिभिआइपिहरुको सुरक्षामा खटेका स्पेसल कमान्डो भनेर पनि चिनिन्छ स्पेसल फ्रोन्टियर फोर्स ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बंधित खबर

0
Would love your thoughts, please comment.x
()
x