Sat2024 July 27
२०८१ साउन १२, शनिबार

स्पोर्टिङ इलाम र एफसी बुटवल भिड्दै

13

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज स्पोर्टिङ इलाम डे मेची एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा दुवै टिमको यो तेस्रो खेल हो । स्पोर्टिङ इलाम यसअघि पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित हुँदा दोस्रो खेलमा झापा एफसीलाई १–० ले हराएको थियो । यता, बुटवल लुम्बिनी भने पहिलो खेलमा धनगढी एफसीसँग १–० ले र दोस्रो खेलमा ललितपुर सिटी एफसीविरुद्ध २–० ले पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुका ५ः३० बजेदेखि सुरु हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ २०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर