Sat2024 July 27
२०८१ साउन १२, शनिबार

स्रोत नखुलेको नगद बरामद

16

धनुषा  ।  जनक नन्दनी गाउँपालिका-३ महुवा ढालाबाट स्रोत नखुलेको नगद ४ लाख ९९ हजार रुपैयाँसहित सोही गाउँपालिका-६ कठाल बस्ने ३५ वर्षीय मिनेष कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले प्रदेश-२-०२-००१ प २०२३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगदससहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर