Sat2024 July 27
२०८१ साउन १२, शनिबार

स्वास्थ्यमन्त्री बस्नेतले डा. सन्तोष पौडेललाई वीरको निर्देशकबाट हटाए

14

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाएका छन्।

मन्त्री बस्नेतले बिहीवार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई वीर अस्पतालको निर्देशक पदबाट हटाइएका मन्त्रालयका प्रवक्ता डा. प्रकश बुढाथोकीले जानकारी दिए। उनका अनुसार डा. पौडेललाई वीर अस्पतालको निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी अर्को निर्णय नहुँदासम्मका लागि मन्त्रालयमा हाजीर हुन भन्दै पत्र पठाइएको छ।

‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीहरूको सल्लाहमा मन्त्रीज्यूले निर्णय लिनुभएको होला,’  उनले भने। दुई वर्षे कार्यकालका लागि नियुक्त भएका पौडेलको पदावधि अझै झण्डै १५ महिना बाँकी छ।

निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर