Sat2024 July 27
२०८१ साउन १२, शनिबार

स्वास्थ्य अवस्था बिग्रिदै गएपछि डा. गोविन्द केसीले तोडे अनशन, उपचारार्थ अस्पताल भर्ना

19

काठमाडौं । डा. गोविन्द केसीले अनशन तोडेका छन् । धनगढीका स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै उनले सोमबार अपराह्न ४ बजे अनशन तोडेका हुन् ।

स्वास्थ्य अवस्थाका कारण अहिलेलाई ७२ घण्टे अनशन बसेका उनी आजै थप उपचारका लागि अस्पताल भर्ना हुँदै छन् । केसी धनगढीस्थित सेती अस्पतालमा केही दिन भर्ना भएर उपचारमा रहने उनका सहयोगी डा. अमृत जैशीले जानकारी दिए ।

१० दिनअघि पित्तथैलीको शल्यक्रिया गरेका उनको आइतबार ब्लड प्रेसर लो तथा पिसाबमा किटोनको लेभल बढी देखिएको थियो । धनगढीस्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा बसेका डा. केसीले कमजोरीका कारण आइतबारदेखि बोलचालसमेत कम गरेका थिए ।

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने र यसअघि आफूसित भएका सम्झौताहरू कार्यान्वयन गरिनुपर्ने माग राखेर केसी २१औँपटक अनशनमा बसेका थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर