Sat2024 July 27
२०८१ साउन १२, शनिबार

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

54

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशकमा सदस्य डा. मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै बोर्ड सदस्य श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन् ।स्वास्थ्यमन्त्री बस्नेतले डा. श्रेष्ठलाई डेढ महिनाअघि मात्रै बोर्ड सदस्यमा नियुक्त गरेका थिए ।

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. श्रेष्ठ नेपाली कांग्रेसको १४औं महाधिवेशनमा जनजातितर्फको केन्द्रीय सदस्यको निर्वाचन लडेर पराजित भएका थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर