Sat2024 July 27
२०८१ साउन १२, शनिबार

हङकङलाई नेपालले दियो २१४ रनको लक्ष्य, कुशल र दीपेन्द्रको विस्फोटक ब्याटिङ

17

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिताको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध रनको पहाड खडा गरेको छ ।

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै एक सय ४५ रनको साझेदारी गरेपछि नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय १३ रन बनाएको छ ।  कुशल मल्लले ४१ बलमा नौ छक्का र तीन चौकाको मद्यतमा ९२ रन बनाए । यस्तै, दीपेन्द्रले ३४ बलमा ५७ रनको योगदान दिए । उनले दुई छक्का र ६ चौका प्रहार गरे ।

हङकङले फिल्डिङका निकै कमजोर प्रदर्शन गर्दा नेपाली खेलाडीले पटकपटक मौका पाएका थिए । त्यसअघि नेपालले खेलमा खराब सुरुवात गरेको थियो । दोस्रो ओभरको पहिलो बलमै कुशल भुर्तेललाई गुमाएपछि नेपालले सोमपाल कामीलाई उनको स्थानमा पठाएको थियो । तर, सोमपाल चल्न सकेनन् । १२ बलमा आठ रन बनाई उनी आउट भए भने टिमको स्कोर ४० रन हुँदा २० रन बनाएका आसिफ सेख पनि आउट भए ।

१५ रन थप्दा नेपालले कप्तान रोहित पौडेललाई गुमायो । रोहितले १६बलमा ११ रन मात्र बनाए । तर, त्यसपछि क्रिजमा रहेका कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले चौका र छक्का वर्षाउँदै रनको पहाड खडा गरे ।

शृंखलाको यो तेस्रो खेल हो । नेपालले यसअघि हङकङ र युएईलाई पराजित गरेको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर