Sat2024 July 27
२०८१ साउन १२, शनिबार

हनुमान चालिसाको चमत्कारः बाँदरको सेनाले तुलसीदासलाई बचायो

20

हनुमान चालिसा एक प्रसिद्ध भजन र प्रार्थना हो जुन भगवान हनुमान र भगवान रामका भक्तहरूले कंठस्थ पारेर हृदयमा राखेका हुन्छन्। दुष्टहरुको मर्दन गर्ने अनि सुख दिनेका रूपमा परिचित हनुमान मंगलबारका दिन पूजन योग्य देवता मानिन्छन् ।
हनुमान चालिसाको जप गर्नाले व्यक्तिको जीवनमा आउने कठिनाइहरूबाट मुक्ति मिल्ने बताइएको छ । र हनुमान चालिसाको उत्पत्तिको इतिहास सायद यसका फाइदाहरूको सबैभन्दा ठूलो प्रमाण हो ।
हनुमान चालिसा १६ औं शताब्दीका कवि तुसीदासले लेखेका थिए । रामचरितामानस पनि तुलसीदास नै लेखेका हुन्। र उहाँद्वारा रचित भजनको इतिहास पछाडिको आकर्षक लोककथाले चालिसा वाचनबाट प्राप्त हुने वास्तविक शक्तिको बारेमा तपाईलाई आश्चर्यमा पार्न सक्छ । कसरी बाँदरको सेनाले तुलिसदासलाई अकबरको जेलबाट बचायो भन्ने कथा जो वास्तविक घटनामा आधारित छ तँपाईले पढ्नुहोस् ।

हनुमान चालिसाको उत्पत्ति कथा
यो त्यो समयको कुरा हो जब भारतको ठूलो भागमा मुगल सम्राट अकबरको शासन थियो। लोककथा अनुसार एकबार भगवान रामको भक्तिको लागि परिचित तुलसीदासलाई अकबरले बोलाएको थियो । तुलसीदासको कार्यबाट रिसाएर अकबरले उनलाई फतेहपुर सीकरी किल्लामा अवस्थित जेलमा राख्न आदेश दिए। तुलसीदासले कारावासकै दौरान हनुमान चालिसा लेखेका थिए। उनी ४० दिन जेलमा रहे । प्रत्येक दिन एउटा श्लोक लेखेका थिए उनले । लेखेर त्यसै श्लोकको जाप पनि गर्दथे । ४० दिनमा ४० वटा श्लोक लेखेर जपेर पूरा भयो । चमत्कार पनि ४०औं दिनमा भएको बताइन्छ ।

भनिन्छ, हनुमान चालिसा सम्पन्न भएको ४० औं दिनमा बाँदरको फौजले दरबार र सहरमा आक्रमण गरी विनाश गर्न थालेको थियो । सम्राटले अनेकौं उपाय अपनाए तर बाँदरहरुले विनाश कार्य रोकेनन् ।
यो सब उपद्रव तुलसीदासको प्रार्थनाकै कारणले भएकाले अकबरलाई तुलसीदाससँग क्षमा माग्नुपर्ने सल्लाह दिइयो । अकबरले तुलसीदासकहाँ गएर माफी मागे अनि तुलसीदाससँग अनुरोध गरे। तुलसीदासले प्रार्थन गरे सबै बाँदरहरूले त्यसपछि चमत्कारिक रूपमा परिसर छोडे। तुलसीदासले पनि अकबरलाई फतेहपुर सिकरी छोड्न आदेश दिए, जसमा सम्राट सहमत भए।

त्यसरी भएको थियो हनुमान चालिसाको जन्म । आज पनि हनुमान चालिसाको शक्तिमा मानिसहरु विश्वास राख्दछन् । जसरी तुलसीदासले हनुमानको कृपा प्राप्त गरे त्यसरी नै हनुमान चालिसाको जाप गरेर साक्षात् हनुमानको कृपा प्राप्त हुन्छ ।
हनुमान चालिसाको पाठ नियमित रुपमा सच्चा हृदयले गर्ने हो भने रोग व्याधि, शत्रु, ऋण, सन्ताप, र दुर्भाग्य नाश भएर जान्छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर