Sat2024 July 27
२०८१ साउन १२, शनिबार

हमास-इजरायल युद्दमा मारिने पत्रकारको संख्या ९९ पुग्यो

17

गाजा । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिच जारी युद्दमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन । गत ७ अक्टुबरबाट सुरु भएको युद्दमा परी हालसम्म मृत्यु हुनेको पत्रकारको संख्या ९९ पुगेको हो ।

गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो टेलिग्राम च्यानलमा युद्ध सुरु भएदेखि इजरायली सेनाले मारिएका पत्रकारको संख्या ९९ पुगेको बताएको छ ।

इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा रहेको उनको परिवारको बसिरहेको घरमा बमबारी गरे पछि गाजामा मारिएका मुहम्मद खलिफा पछिल्लो पत्रकार हुन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर