Sat2024 July 27
२०८१ साउन १२, शनिबार

‘‘हिन्दूले हिन्दू राष्ट्रको कुरा गर्छ भने मुसलमान अनि सिखले किन नगर्ने ?’’ : स्वामी प्रसाद मौर्य

14

 

 

रुपन्देही । समाजवादी पार्टी (एसपी) का नेता स्वामी प्रसाद मौर्य भन्छन्, “भारतीय संविधानले आस्था, जात, लिङ्ग वा जन्मस्थलको आधारमा कुनै भेदभाव गर्न सकिँदैन भन्छ । आम नारा लगाइन्छ ‘‘हिन्दू मुस्लिम सिख इसाई, सबै हुन् आपसमा भाइभाइ’’ हिन्दूले हिन्दूराष्ट्रको गर्छ भने मुसलमानले किन नगर्ने ? सिखहरुले किन नगर्ने ? बमले, जनले कुरा किन गर्ने ? हिन्दू राष्ट्रको कुरा गर्नेहरु देशका दुश्मन हुन् । भारत र पाकिस्तान हिन्दूमहासभाले हिन्दूराष्ट्रको माग गरेपछि बनेका हुन् । ”

आठौं शताब्दीको प्रारम्भमा, एक युवा मुस्लिम सेनापति मोहम्मद बिन कासिमले ठूलो युद्ध पछि सिन्ध कब्जा गरे। यो क्षेत्र निकै सानो भए पनि यस हारको नतिजा निकै दूरगामी साबित भयो। इतिहासकारहरूका अनुसार यो भारतीय उपमहाद्वीपको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण मोड साबित भयो।

यस युद्ध पछि इस्लामिक संस्कृति भारतीय सभ्यतासँग सम्पर्कमा आयो र यस पछि इस्लाम उपमहाद्वीपमा फैलियो, यद्यपि भारतीय भूमिमा पाइला राख्ने पहिलो मुस्लिमहरू केरलामा आएका व्यापारीहरू थिए जसको पूजाको लागि भारतको पहिलो मस्जिद निर्माण भएको थियो। यो त्यो जमाना थियो जब हजरत मोहम्मद जीवित थिए।

१७ वर्षका मोहम्मद बिन कासिमलाई आफ्नो विजयले शताब्दीयौंदेखि अस्तित्वमा रहेको राजनीतिक र सांस्कृतिक व्यवस्थालाई हल्लाउनेछ भन्ने कल्पना पनि गरेका थिएनन् । त्यसबेलादेखि, भारतले इतिहासका धेरै गल्लीहरू पार गर्दै रोचक यात्रा गरेको छ। बीसौं शताब्दीमा यसले धर्मनिरपेक्ष राष्ट्रको चरित्र प्रदान गर्ने संविधान अपनायो। के धर्मनिरपेक्ष राष्ट्र यो २१ औं शताब्दीमा परिवर्तनको संघारमा छ?

सन् २०१४ मा शानदार जीत पछि प्रधानमन्त्री नरेन्द्र मोदीले संसद भवन भित्र आफ्नो पहिलो सम्बोधनमा शताब्दियौंदेखिको गुलामीप्रति दुःख व्यक्त गरेका थिए । उनले भनेका थिए– ‘‘१२०० सालदेखि चलि आएको दासत्वको मानसिकताले हामीलाई सताइरहेको छ ।’’

यद्यपि इतिहासकारहरुले सधै २०० वर्षीय ब्रिटिश शासनकाललाई मात्रै दासत्वकाल बताउँदै आएका छन् । तर दक्षिणपन्थी विचारधाराका मानिसहरु प्रधानमन्त्री मोदीको विचारसँग सहमत छन् जसका अनुसार भारत शताब्दियौंसम्म दास बनी रह्यो र यसमा करिब एक हजार सालको गुलामी मुसलमान शासकहरुकै अधिनमा रह्यो । यसले यो निष्कर्ष निकालियो कि मुस्लिम शासकहरु आउनुभन्दा अघि भारत विदेशी प्रभावबाट मुक्त एक हिन्दू राष्ट्र थियो ।

उसो त प्राचीन भारतमा बौद्धहरुको पनि शासन थियो, तर उनीहरु विदेशी थिएनन् ।

हिन्दूवादी विचारक सावरकर र गोलवलकरको विचार अनुसार भारत प्राचीन समयदेखि नै हिन्दू राष्ट्र थियो । राष्ट्रिय स्वयंसेवक संघका विचारक र राज्यसभामा बीजेपीका सांसद प्रोफेसर राकेश सिन्हा भन्छन्–‘‘हिन्दू राष्ट्र, भारतीय सभ्यता र संस्कृतिको सुरुवातदेखि नै भारतको विशेषता रहँदै आएको छ, यो भारतको विरासत, वर्तमान र भविष्य हो ।’’

भारत धर्मनिर्पेक्ष राष्ट्र भएकै कारण त्यसको प्रभाव स्वरुप नेपाल पनि दश वर्षे जनयुद्ध र २०६२–६३ को १९ दिने जनान्दोलन पछिको समयमा धर्मनिर्पेक्ष राष्ट्रमा परिवर्तन भएको थियो । भारतका हिन्दू अतिवादीहरुले भारतलाई हिन्दू राष्ट्र बनाउनका लागि विभिन्न आन्दोलन का कार्यक्रम चलाई रहेका छन् । त्यसैको प्रभाव अहिले नेपालमा पनि देखा परेको छ ।

अधिकांश इतिहासकारहरु हिन्दू सभ्यतालाई धर्म मान्दैनन् अपितु जीवन जिउने एक पद्धति वा सम्प्रदाय मान्दछन् । उनीहरुको बुझाइमा सनातन धर्म र हिन्दू सम्प्रदाय फरक फरक पाटा हुन् । तर योसँगै सनातन धर्मलाई नै हिन्दू धर्म वा वैदिक धर्म भनेर चिन्ने र चिनाउनेहरुको पनि संख्या थोरै छैन ।

सनातन धर्मको नाममा धर्मका ठेकेदारहरुले सयौं वर्षदेखि पद र जिम्मेवारीको दुरुपयोग गरेर गाउँ, समाज, घरघरमा अशान्ति फैलाएकै कारण सारा विकृतिको मूल भनेकै सनातन धर्म हो भन्नेहरु पनि अब राजनीतिक क्षेत्रमा देखा पर्न थालेका छन् ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनका छोरा र राज्य सरकारका मन्त्री उदयनिधि स्टालिनको ‘सनातन धर्म’ सम्बन्धी टिप्पणीलाई लिएर विवाद जारी छ।

DMK नेता उदयनिधि स्टालिनले सेप्टेम्बर २ (२०२३) मा तमिलनाडुमा आयोजित एक कार्यक्रममा सनातन धर्मलाई धेरै ‘सामाजिक विकृतिहरू’ को लागि जिम्मेवार बताएका थिए ।  यसलाई समाजबाटै उन्मूलन गर्नुपर्ने भन्दै उनले आह्वान पनि गरेका थिए ।

उनले भनेका थिए, ‘सनातन धर्म भनेको जात र धर्मको नाममा मानिसलाई विभाजन गर्ने विचार हो, त्यसलाई हटाउनु भनेको मानवता र समानताको प्रवर्द्धन गर्नु हो । जसरी लामखुट्टे, डेंगु, मलेरिया र कोरोना निर्मूल गर्छौं, त्यसरी सनातन धर्मको विरोध गरेर मात्र पुग्दैन । यसलाई समाजबाट पूरै हटाउनुपर्छ ।’

यो बयानले यतिबेला भारतमा तरङ्ग ल्याएको छ र यस उपरको बहस र विवाद थामिएको छैन ।

जबसम्म धर्म, सनातन, हिन्दू, सम्प्रदाय, धर्मान्तरण जस्ता विषयको यथार्थ ज्ञान देश हाँक्ने नेताहरुमा हुँदैन तबसम्म देश र समाजमाथि विकृतिले कब्जा जमाउने निश्चित छ । गलत बुझाइ र अवधारणाले आउने दिनहरुमा ठूलो बर्बादी ल्याउँदैन भन्न सकिने अवस्था अब रहेन ।

 

 

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर